खेल ताजा खबर News

पाकिस्तानी महिला फुटबलरको कार दुर्घटनामा मृत्यु

पाकिस्तानी महिला फुटबलरको कार दुर्घटनामा मृत्यु

woman-fottbalar असोज २८ । पाकिस्तानको महिला फुटबल टोलिकी स्ट्राइकर शाहल्याला अहमजाई बलोचको कार दुर्घटनामा निधन भएको छ । बुधबार राति कराँचीमा भएको दुर्घटनामा निधन भएकी बलोचको मृत शरिरको अन्त्येष्टी गरिएको छ ।

उनकी दिदी रहिलाले पोलमा कार ठोक्किएपछि बलोचको निधन भएको बताएकी छिन् । सन् १९९६ मा जन्मिएकी बलोच बलोचिस्तानको महिला टोलीकी समेत स्ट्राइकर थिइन् ।

उनकी आमा रुबिना इरफान पाकिस्तानको फुटबल फेडेरेशनकी महिला विभागकी प्रमुख हुन् । ७ वर्षकै उमेरबाट फुटबल खेल्न थालेकी बलोचले फिफाको योङ्गेस्ट प्लेयर्स अवार्ड जितेकी थिइन् । उनी ३ पटक पाकिस्तानको वर्ष खेलाडी समेत घोषित भइन ्। बलोचले म्याराडोना र मेसीलाई आदर्श खेलाडी मान्ने गरेकी थिइन् ।

Woman Footballar

विशेष