राजनीति News

प्रधानमन्त्री ज्यू तपाई र तपाईका मन्त्रीहरुको सम्पती विवरण खै ?

प्रधानमन्त्री ज्यू तपाई र तपाईका मन्त्रीहरुको सम्पती विवरण खै ?

mantri

नयाँ सरकार गठन भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्री परिषद्का सदस्यहरुले आफ्नो सम्पत्ति विवरण अझै सार्वजनिक गरेका छैनन् । मन्त्रिपरिषद् गठन भएको १५ दिनभित्र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गत साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका थिए । पटक–पटक गरी प्रधानमन्त्री प्रचण्डले ३१ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले मन्त्रीहरुको सम्पत्ति विवरण चाँडै सार्वजनिक गरिने बताए । उनले भने ‘मन्त्री परिषद् बैठकले निर्णय नगरेसम्म सार्वजनिक गर्न मिल्दैन । बैठक कुुरेर बसेका छौं ।’ रेग्मीले मन्त्रीहरुले सम्पत्ति विवरण बुझाउने क्रम लगभग सकिएको बताए ।

मन्त्री परिषद् विस्तारमा भएको ढिलाइ र मन्त्रीहरुले सम्पत्ति विवरण बुझाउन ढिलाइ भएकाले पनि सार्वजनिक गर्न नसकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

नेपाली कांग्रेस, नेकपा संयुक्त र मधेशी मोर्चाको समर्थनमा प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठन भएको थियो । कांग्रेसको आन्तरिक विवादका कारण मन्त्री परिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन ।

Prachanda Sarkar

विशेष