नेपालद्वारा थाइल्याण्डसामु १ सय ९ रनको चुनौती पेश

असोज २८ । हङकङमा जारी विश्वकप छनोट एसियाली क्षेत्रको महिला क्रिकेट छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले थाइल्याण्डसंग खेलिरहेको छ । नेपालले जितका लगि थाइल्याण्डलाई १०९ रनको चुनौती दिएको छ ।
जारी प्रतियोगितामा व्यक्तिगत पहिलो पटक सर्वाधिक रन जोड्ने क्रममा नेपालले सुधारोन्मुख ब्याटिङ गरेको छ । नेपालले ४ विकेटको क्षतिमा १०८ रन बनायो ।
नेपाली खेलाडीहरु धेरैजसो ब्याटिङमा चम्किएका छन् । पूर्व कप्तान नेरी थापाले २५ बलमा अविजित रहँदै ३२ रन जोडेकी छिन् । त्यसैगरी इन्दु बर्माले ३६ बलमा २६, निर्मला कुमारी शाहीले २० बलमा २०, ज्योति पाण्डेले २६ बलमा १३ तथा कप्तान रुबिना क्षेत्रीले ६ बलमा अविजित रहँदै इनिङको एकमात्र छक्काको मद्धतले १० रन जोडिन् । थाइल्याण्डले अहिले जवाफि व्याटिङ गरिरहेको छ ।
Cricket