खेल ताजा खबर News

नेपाल महिला क्रिकेट टिम एसिया कपमा छनोट

नेपाल महिला क्रिकेट टिम एसिया कपमा छनोट

woman-cricket

असोज २९ । नेपाल महिला राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि छनौट भएको छ । आइसीसी महिला विश्वकप २०१७ को एसियाली छनौटमा शनिबार थाइल्यान्डले हङकङलाई पराजित गरेपछि नेपाली राष्ट्रिय महिला क्रिकेट टिमलाई एसिया कपमा खेल्न भाग्य खुलेको हो । एसिया कप आगामी नोभेम्बर र डिसेम्बरमा थाइल्यान्डमा हुने छ । त्यसमा टेष्ट खेल्ने भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसंगै आयोजकको रुपमा थाइल्यान्डले सिधा प्रवेश पाएका छन् ।

त्यसैले विश्वकपको एसियाली छनौटमा दोस्रो भएपनि नेपालले खेल्ने अवसर पाएको हो । थाइल्यान्ड १० अंक सहित एसियाली छनौटको पहिलो स्थानमा रहेर कोलम्बोमा हुने ग्लोबल क्वालिफायरमा छनौट भएको छ । नेपालले ३ जित र ३ हारसंगै ६ अंक जोड्यो र दोस्रो भयो । शनिबार भएको हङकङ र थाइल्याण्डबीचको खेलमा थाइल्यान्डले आयोजक हङकङलाई ७ विकेटले हरायो ।

त्यसमा हङकङ विजयी भएको भए एसिया कप खेल्ने टिमको टुंगो रनरेटको आधारमा हुने थियो । शनिबार नै भएको पहिलो खेलमा नेपालले चीनलाई ४ विकेटले हराएर २ अंक बटुल्न सफल भएको थियो ।।।

Woman Cricket

विशेष