ताजा खबर News समाज

सुख्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला बजार डुबानको खतरामा

सुख्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला बजार डुबानको खतरामा

mahakali

असोज ३० । भारतको धारचुला खोतिलमा गएको सुक्खा पहिरोले महाकाली नदी थुन्न थालेपछि दार्चुला सदरमुकामवासी डुबानको खतरामा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा खसेको पहिरोले महाकाली थुन्न थालेको हो । “महाकाली नदी पहिरोले साघुरिँदै गएको छ”– उनले भने, “माथिबाट ठूलो पहाड खसिराखेको छ पन्छाउन समेत भ्याएको छैन,” उनले भने।

सुरुमा असोज १८ गते खसेको पहिरोले नदीको केही भाग अवरुद्ध भएको भएपनि गएराति थप पहिरो खस्दा नदी थुनिने सम्भावना बढेकोे उजले बताए । तत्काललाई खतरा नभए पनि खतरामुक्त भइसकेको छैन, प्रमुख जिल्ला अधिकारी जोशीले भने, “पहिरोले नदीको पानीलाई नेपालतिर धकेल्दै आएको छ ।”

बिहान, दिउँसो र बेलुकासमेत आफूले पहिरोको अनुगमन गरेको बताउँदै प्रजिअ जोशीले पहिरोले नदीको पानी पूर्ण अवरुद्ध भयो भने खतरा उत्पन्न हुनसक्ने र त्यसका लागि सीमावर्ती बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

नेपाली सेनाको खलङ्गामा रहेको दुर्गा दल गुल्मले शुक्रबार रातिदेखि सेनाले निरन्तर पहिरोलाई निरीक्षण गरिरहेको र सम्भावित समस्यालाई कसरी टार्ने भन्ने सम्बन्धमा पनि तयारी नेपाली सेनाले गरिरहेको उनले बताए।

शनिबार पनि भारतको धारचुलाका उपजिल्ला अधिकारी, प्राविधिक, दार्चुलाका प्रमुख जिल्ला अधिकारी लगायतले पहिरोको अनुगमन गरेको र आइतबार थप अनुगमन गरिने बताइएको छ

Mahakali

विशेष