खेल ताजा खबर News

बार्सिलोनाले डिपोर्टिभोलाई ४–० गोल अन्तरले हरायो

बार्सिलोनाले डिपोर्टिभोलाई ४–० गोल अन्तरले हरायो

barca

असोज ३० । लिओनल मेस्सीले गोलका मदतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा डिपोर्टिभोमाथि सहज जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित डिपोर्टिभोलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

नाउ क्याम्पमा भएको खेलमा मेस्सी तीन हप्तापछि मैदान फर्किएका थिए । बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले क्लबका तर्फबाट चौथो गोल गरे ।

यसअघि खेलमा बार्सिलोनाले २१ औं मिनेटमा राफिन्हाको गोलबाट अग्रता लिएको थियो । ३६ औं मिनेटमा उनले नै अग्रता दोब्बर पारे भने ४३ औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–० ले अगाडि रह्यो । खेलको ६५ औं मिनेटमा डिपोर्टिभो १० खेलाडीमा सिमित भयो । तर, बार्सिलोनाले थप गोल भने गर्न सकेन ।

la liga

विशेष