ताजा खबर विदेश News

फिलिपिन्समा शक्तिशाली आँधी, हज्जारौं मानिसलाई सुरक्षित स्थानमा सारियो

फिलिपिन्समा शक्तिशाली आँधी, हज्जारौं मानिसलाई सुरक्षित स्थानमा सारियो

Typhone

असोज ३० । फिलिपिन्सको उत्तरी भेगमा आइतबार बिहान तीनवटा शक्तिशाली समुन्द्रिक आँधी गएको छ । उक्त आँधीका कारण १२ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको एक प्रकोप अधिकारीलाई उद्रित गर्दै रोयटर्सले जनाएको छ ।

आँधीका कारण उक्त ठाउँमा ठूलो वर्षासँगै हुरी पनि गएको थियो । मौसम पूर्वानुमानकर्ताका अनुसार सरिका नामक उकत आँधीले १ सय ५० किलोमिटर प्रति घण्ट गतिको हुरी ल्याएको थियो ।

आँधीका कारण २५ सय बढी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । आइतबार गएको सो आँधीका कारण हवाई सेवा समेत अवरुद्ध भएको छ । एक प्रकोप अधिकारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय गरी १ सय ६० उडान प्रभावित भएको छ ।

Typjoone in Philipince

विशेष