खेल ताजा खबर News

एएफसी सोलिडारिटी कप फुटबलमा नेपालको पहिलो प्रतिद्वन्द्वि बंगलादेश

एएफसी सोलिडारिटी कप फुटबलमा नेपालको पहिलो प्रतिद्वन्द्वि बंगलादेश

affc असोज ३० । एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा पहिलो पटक हुन लागेको एएफसी सोलिडारिटी कप फुटबलमा नेपालले पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्दी बंगलादेशसँग खेल्ने भएको छ । एएफसीले आइतबार सार्वजनिक गरेको खेल तालिकामा समूह ‘ए’ को नेपालले पहिलो प्रतिद्वन्दी बंगलादेश पाएको हो ।

मलेसियामा हुने सोलिडारिटी कपको पहिलो खेलमा नेपालले बंगलादेशसँग कात्तिक १७ गते खेल्नेछ । त्यस्तै नेपालले कात्तिक २० गते टिमोर लिस्टेसँग खेल्नेछ भने नेपालले समुह चरणको अन्तिम खेल ब्रुनाईसँग कात्तिक २३ खेल्नेछ ।

आठ टोली सहभागी हुने सोलिडारिटी कपको समूह बीमा श्रीलंका, मकाउ, लाओस र मंगोलिया छन् । लिग कम नकाउटका आधारमा हुने प्रतियोगितामा दुई समूहको बिजेता र उपबिजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

एएफसी च्यालेन्ज कप आयोजना हुन छोडेपछि एएफसीले त्यसको विकल्पको रुपमा एएफसी सोलिडारिटी कप आयोजना गरेको हो । र, एएफसीले सन् २०१८ को विश्वकप र २०१९ को एसियन कप छनौटबाट बाहिरिइसकेका टोलीलाई प्रतियोगितामा सहभागी गराएको हो ।

Affc

विशेष