News

शून्य समयमा विकास निर्माण र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण

शून्य समयमा विकास निर्माण र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण
असाेज - ३० । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले विकास निर्माण र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। bicc सो क्रममा नेकपा (माओवादी केन्द्र) का रामनारायण बिंडारीले जलविद्युत् आयोजनाको उदाहरण दिँदै मुलुकको विकासको गति अपारदर्शी र अदूरदर्शी भएको बताए। नेकपा (एमाले) का रामवीर मानन्धरले काठमाडौँ उपत्यकाको सवारी चापको व्यवस्थापनका लागि सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने बताए ।नेपाली काँग्रेसका रामहरि खतिवडाले ओखलढुङ्गाका सडक र विभिन्न पुलको मर्मत गर्न माग गरे। नेकपा (एमाले) का रामेश्वर फुयाँलले चाबहिल–साँघु सडक चाँडो बनाउन माग गरे । नेपाली काँग्रेसका रीता शाहीले हुम्लाको हिल्सा नाका हालसम्म पुनःसञ्चालन हुन नसकेकामा चिन्ता व्यक्त गरिन्। सांसद ललितजङ्ग शाहीले प्रा डा गोविन्द केसीसँग विगतमा भएको सम्झौता लागू गराउन माग गरे। सांसद रामदुलारी चौधरी, रेशमबहादुर बानियाँ र रामबहादुर रावलले पनि आफ्ना क्षेत्रका जनचासोबारे बोलेका थिए ।

BICC

विशेष