News

तीन विधेयक दफावार छलफलका लागि राज्य व्यवस्था समितिमा

तीन विधेयक दफावार छलफलका लागि राज्य व्यवस्था समितिमा
असाेज - ३० । व्यवस्थापिका संसद्ले राजनीतिक दल तथा निर्वाचनसम्बन्धी तीन विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । bicc राजनीतिक दलसम्बन्धी विधेयक, मतदाता नामावलीसम्बन्धी विधेयक र निर्वाचन आयोग विधेयक छलफलका लागि सम्बन्धित समितिमा पठाइएको हो । संसद्को आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले यी विधेयकमाथि दफावार छलफलका लागि समितिमा पठाउन राखेको प्रस्तावलाई सदनले अनुमोदन गरेको थियो । त्यसपछि सभामुख ओनसरी घर्तीमगरले संविधानको भावनाविपरीत नहुने गरी विधेयकका सबै दफामा आवश्यक छलफल तथा संशोधन गर्न अनुमति दिएकी हुन्। दशैं बिदाअघि सरकारले छलफलका लागि पेश गरेको यी विधेयकमाथि संसदको बैठकले सांसदहरुलाई संशोधन प्रस्ताव दर्ता गर्त समय दिएको थियो । सांसदहरुले दर्ता गरेको संशोधन प्रस्तावसहितको प्रतिवेदन आजको संसद बैठकले आवश्यक छलफल र परिमार्जन सहितको प्रतिवेदन सदनमा पेश गर्न राज्य व्यवस्था समितिमा पठाएको हो ।

विशेष