बग्दादमा भएकाे आत्मघाती विस्फोटमा ४७ जनाको मृत्यु

असाेज - ३० । इराकको राजधानी बग्दादका विभिन्न स्थानमा भएको आत्मघाती विस्फोटमा ४७ जनाको मृत्यु भएको छ ।
एक अन्तिम संस्कारको सभालाई निशाना बनाइ गराइएको बिस्फोटमा ३५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । बिस्फोटमा अन्य ६३ जना घाइते भएका छन् । टिक्रिट शहरको पूर्वी क्षेत्र माहामा आठ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।
अर्को एक स्थानमा भएको विस्फोटमा चार जनाको ज्यान गएको छ । घटनाको जिम्मा आइएसले लिएको छ ।
baghdad
Iraq
Iraq war
