News

एक सय ९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न

एक सय ९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न
एक सय ९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन सम्पन्न भएको छ । brics सम्मेलनमा ब्रिक्सका सदस्य राष्ट्रहरु कृषिसम्बन्धी अनुसन्धान प्लेटफर्म बनाउन, रेलवे रिसर्च नेटवर्क, स्पोर्ट काउन्सिल र युवासम्बन्धी विभिन्न गतिविधि गर्न सहमत भएका छन् । समापन समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २००८ को आर्थिक मन्दीको समयमा ब्रिक्स सदस्यहरुले गरेको योगदानको खुलेर प्रशंसा गरेका थिए । घोषणपत्रमा विमस्टेकसंगको ’आउटरिच’ कार्यक्रम ब्रिक्स र बिमस्टेकको सम्बन्धलाई पुनर्ताजगी गर्ने अवसर भनिएको छ । सम्मेलनलाई ब्रिक्स र बिमेस्टेकबीच व्यापार, बाणिज्य, लगानीलगायतका क्षेत्रमा सहकार्यका लागि संयुक्त रुपमा सम्भाव्यता अध्ययन गर्ने अवसर पनि भनिएको छ । त्यसैगरी शान्ति, विकास, समृद्धि लगायतका साझा उद्देश्यलाई थप मजवुत वनाउने पनि उल्लेख गरिएको छ । भारत, चीन, दक्षिण अफ्रिका, रुस र ब्राजिल सम्मिलित ब्रिक्स सम्मेलन शनिवार शुरु भएको थियो । ब्रिक्सको आगामी सम्मेलन चीनमा हुने भएको छ ।

Brics meet

विशेष