विदेश

मेक्सिकोमा कम उमेरमै गर्भधारण गर्ने दर अति उच्च

मेक्सिकोमा कम उमेरमै गर्भधारण गर्ने दर अति उच्च
असाेज - ३० । मेक्सिकोमा कम उमेरमै गर्भधारण गर्ने दर अति उच्च रहेको छ ।  अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलप्मेन्ट (ओइसिडि) सङ्गठन अन्तर्गत रहेका राष्ट्रमध्ये एक हाे । ओइसिडिमा अमेरिकी तथा ल्याटिन अमेरिकी राष्ट्र गरी ३५ देश आवद्ध छन् । mexico संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले प्रकाशित गरेको प्रतिवेदन अनुसार मेक्सिकोमा जन्मिएका प्रत्येक एक हजार शिशुका आमाको संख्या मध्ये १५ देखि १९ वर्ष उमेर समूहका किशोरी आमाको संख्या ६४ रहेको छ । किशोरी आमाले जन्म दिएका शिशुको मृत्युदर पनि अति उच्च रहेको प्रतिवेदनमा उल्लेख गरिएकाे छ । यस्ता शिशुको मृत्यु दर एक हजारमा ७७ जना रहेको जनाइएको छ । अन्तर्राष्ट्रिय बालिका दिवश ११ अक्टोबरमा विश्वभरीका बालिका वा नाबालिग छोरीले भोगीरहेका उमेरजन्य वा लैंगिक अवस्थाजन्य अवरोधका बारेमा युनिसेफले प्रकाशित गरेको वार्षिक प्रतिवेदनले मेक्सिकोमा किशोरी गर्भधारण दरको यो तथ्य बाहिर ल्याएको हो । वालिकामाथि यौनजन्य हिंसा वा दुराचार दर पनि बढ्दै गएको मेक्सिकोका लागि युनिसेफका प्रतिनिधि क्रिश्चियन स्कूगले बताए । सन् २०१२ मा यौनहिंसा र दुराचारका २१ हजार ७१४ केस दर्ता भएकोमा सन् २०१४ मा यो संख्या २३ हजार नाघेकाले यो यौन हिंसाले बढ्दो समस्याको रुप लिएको मेक्सिकाली राष्ट्रिय स्वास्थ्य तथा पोषण सर्वेक्षण कार्यक्रमले जनाएको छ ।  

Mexico

विशेष