News

सम्पर्कविहीन तामेलदार खत्री सर्वाेच्चमा उपस्थित

सम्पर्कविहीन तामेलदार खत्री सर्वाेच्चमा उपस्थित
अख्तियार अायुक्त प्रमुख लोकमानसिंह कार्कीलाई अदालतमा उपस्थित हुने सूचना दिने जिम्मा पाएका तामेलदार शम्भु खत्री सर्वोच्च अदालतमा उपस्थित भएका छन्। लोकमानको घरमा म्याद टाँस्न जाने तयारी चलिरहेका बेला उनी सम्पर्कविहीन भएका थिए। shambu-khatri आइतबार उनी कार्यालय आए पनि लोकमानलाई म्याद भने बुझाएका छैनन्। दसैं विदा सकिएपछि उनी स्वभाविक रूपमा अदालतमा हाजिर भएका हुन् । अघिल्लो बुधबार उनी सहितको टोली काठमाडौं महानगरपालिका - १० बानेश्वरस्थित लोकमानको घरमा म्याद टाँस्न गएको थियो। बुधबार म्याद बुझाउन गएको टोली काठमाडौं वडा नम्बर १० का वडा सचिव सरिता राई उपस्थित नहुँदा कार्कीको निवासमा सूचना नटाँसी फर्किएको थियो। भोलिपल्ट फेरि म्याद टाँस्न जाने सल्लाह बमोजिम सर्वोच्चको म्याद तामेली शाखाको टोली तयारी अवस्थामा थियो। बिहान १० बजेसम्म सर्वोच्च प्रशासन सम्पर्कमा रहेका उनी एक्कासि सम्पर्कबिहीन भएका थिए। सम्पर्क गर्न खाेज्दा उनको मोबाइल स्वीच अफ थियाे।    

shambu khatri tameldar

विशेष