ताजा खबर प्रवास News

कुवेतबाट ६० महिला कामदारलाई नेपाल फर्काइयो

कुवेतबाट ६० महिला कामदारलाई नेपाल फर्काइयो

कात्तिक १ । कुवेतले ६० जना नेपाली घरेलु कामदार (हाउसमेड)लाई डिपोर्ट गरी नेपाल पठाएको छ । उनीहरु शनिबार साँझ काठमाडौं आइपुगेका छन् ।

आफ्नो घर मालिक (स्पोन्सर)लाई छाडेर बाहिर काम गर्दै आएका र उद्धारका लागि नेपाली दुताबास पुगेका ती हाउसमेडलाई घर फिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर)मा राखेर आबश्यक प्रक्रिया पुरा गरी डिपोर्ट गरेको हो ।

‘जेलमै बस्नुपरे पनि हाम्रो उद्धार भयो । यसमै खुसी छौं’, सिन्धुपाल्चोककी फुलमाया तामाङले भनिन,‘फर्किनेमा तीन महिनादेखि ९ महिनासम्म जेलमा बसेका साथीहरु छौं ।’फुलमायाले ‘फर्किनेमा एक बर्षसम्म तलब नपाएका, मालिकले यातना दिएका र बाहिर बसेर काम गरिरहेका अबस्थामा प्रहरीले पक्राउ गरी राखेका महिलाहरु’ भएको बताइन् ।

kuwait

कुवेतस्थित नेपाली दुताबासले कुबेत सरकारलाई डिपोर्टटेशन सेन्टरमा भएका नेपाली महिलालाई यथासक्य छिटो स्वदेश पठाउन आग्रह गरेपछि एकै लटमा ठुलो संख्यामा महिलाहरुलाई पठाएको हो ।

कुवेतका लागि राजदुत यज्ञबहादुर हमालले अगस्टको पहिलो साता आबासीय बिभागका महानिर्देशक तलाल जे मराफी र घरेलु कामदार बिभागका प्रमुख मोहम्मद अल अज्मीलाई भेटेर समस्यमा परेका नेपालीलाई सहयोग गर्न अनुरोध गरेका थिए । ‘घरबाट बाहिर आएर डिपोर्टटेशन सेन्टरमा रहेका हाउसमेडको फिंगरीङको प्रक्रियालाई छिटो गरी सहयोग गर्न अनुरोध गरेको थिएँ’, राजदुत हमालले कान्तिपुरलाई भने,‘फिंगरीङ भएपछि मात्रै कामदारमाथि मुद्दा भए नभएको टुंगो लाग्छ । मुद्दा नभएकाहरुलाई भने छिट्टै स्वदेश जाने बाटो खुल्छ ।’

दुताबासका अनुसार घरमा समस्यामा भोगेका कतिपय महिलालाई प्रलोभन देखाएर दलालले भगाएर राख्ने गर्दा झन समस्यामा पर्न थालेको छ । ‘सिधै दुताबासमा आएकालाई हामीले स्वदेश पठाउन तुरुन्तै कुबेत सरकारका सम्बन्धीत निकायलाई हस्तान्तरण गरिहाल्छौं’, उनले भने,‘दुताबासले त्यसरी हस्तान्तरण गरेका महिलाको हामी फलोअप पनि गरिराख्छौं । कतिपयलाई कुबेती प्रहरीले पक्राउ गरी आबश्यक छानबिन प्रक्रियामा लगिएको हुन्छ । त्यसबारे हामीले सोधखोज गरेपछि मात्रै थाहा पाउने गर्छौ ।’

Firti

विशेष