ताजा खबर विदेश News

अमेरिकी चर्चित धावक टाइसनकी छोरीको गोली प्रहारबाट मृत्यु

अमेरिकी चर्चित धावक टाइसनकी छोरीको गोली प्रहारबाट मृत्यु

tison-gay-trinity कात्तिक १ । पूर्व विश्व च्याम्पियन धावक टाइसन गेकी छोरी ट्रिनिटीको गोली प्रहारबाट मृत्यु भएको छ । अमेरिकाको केन्टकीमा भएको गोली प्रहारमा उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।

एउटा रेस्टुरेन्टको कार पार्किङमा दुई गाडीमा सवार व्यक्तिहरुबीच गोली हानाहान हुँदा ट्रिनिटीको घाँटीमा गोली लागेको थियो । उनलाई अस्पतालमा लैजादै गर्दा बाटोमै मृत्यु भएको टाइसन गेलाई उधृत गर्दै स्थानीय टेलिभिजनले जनाएको छ ।

टाइसन गेका नाममा १०० मिटर दौडको रेकर्ड छ । ट्रिनिटी पनि एक खेलाडी नै हुन् । उनी लाफेयेत हाइस्कुलका लागि खेल्दथिन् ।

Tisen Gey

विशेष