ताजा खबर विदेश News

समाचार प्रशारण गरेको भन्दै अमेरिकी पत्रकारलाई जेल

समाचार प्रशारण गरेको भन्दै अमेरिकी पत्रकारलाई जेल

amy-goodman कात्तिक १ । अमेरिकामा एक पत्रकारलाई जेल पठाइने भएको छ । उनलाई अमेरिकामा दंगा भड्काएको आरोप रहेको छ । । संसारमा प्रजातन्त्र र मानवअधिकारको पक्षघर दाबी गर्दै आएको अमेरिकामा यस्तो घटना भएको हो ।

गत सेप्टेम्बर २४ मा अमेरिकी आदिवासीले गरिरेहको विरोध प्रदर्शनको समाचार बनाएबापत उनलाई जेल पठाइन लागिएको हो । आदिवासीको उक्त आन्दोलनको बारेमा त्यसअघि कुनै समाचारमाध्यमले समाचार प्रसारण गरेका थिएनन् । पेट्रोलियम पाइपलाइनको विरोधमा गरिएको उक्त आन्दोलनमा पाइपलाइबाट वातावरण खराब हुने आदिबासीको भनाइ रहेको छ ।

प्रदर्शनका बारेमा आवाज उठन थालेपछि उक्त पाइपलाइन बनाउने काम अमेरिकी सरकारले रोकेको थियो । उक्त विरोधमा रिपोटिङ गरेको भन्दै गुडम्यानमाथि मुद्दा लगाइएको छ । सुरुमा उनलाई आपराधिक घुसपैठ को आरोप लगाइएको थियो । अहिले त्यसलाई परिवर्तन गरेर हाल दंगा गर्न उकासेको आरोप लगाइएको छ ।

Amy Goodman

विशेष