सर्वोच्च प्रशासनले लोकमान सिंह कार्कीको घर एक महिनामा पनि पत्ता लगाउन सकेन
कात्तिक १ । सर्वोच्च अदालतले लोकमान सिंह कार्कीको योग्यतासम्बन्धी फैसलाको पुनरावलोकन गने आदेश दिएको एक महिना बित्दा पनि ठेगाना पत्ता लगाउन नसकेको भन्दै सर्वोच्च प्रशासनले विपक्षी कार्कीको नाममा म्याद तामेल गर्न सकेको छैन ।
म्याद बुझ्न ढीलाई गर्ने रणनीतिका साथ मुलुकको संवैधानिक निकाय अख्तिायार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विदेश भ्रमणकै दौरानमा छन् । उनले थप विदा पनि स्वीकृत गराइसकेका छन् । ‘सकेसम्म तिहारअघि कुनै कुनै पनि हालतमा म्याद तामेल हुन नदिने रणनीति बनेको छ ’ सर्वाेच्च स्रोतले भन्यो, ‘तामलेदार, महानगरपालिका वडा सचिवलाई अल्मल्याएर म्याद तामेलीमा ढीलाई गर्ने योजना चलिरहेको छ ।’ –कान्तिपुर दैनिकबाट