दार्चुलामा भूकम्प

कात्तिक १ । दार्चुलामा आज बिहान ६ बजेर १६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले भूकम्पले क्षति पु¥यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको र सबै ठाउँमा सम्पर्क गरी भूकम्पको क्षति भए नभएको जानकारी लिइरहेको बताए ।
Earthquake