ताजा खबर News समाज

हतारमा बिहे फुर्सदमा पछुताउदै स्कुल

हतारमा बिहे फुर्सदमा पछुताउदै स्कुल

pathway_0

कात्तिक १ ।  सुर्खेतको छिन्चुस्थित प्रभात माविमा कक्षा सातमा पढ्दै गर्दा दीपा विकले भागेर विवाह गरिन् । १४ वर्षको उमेरमै विहे गरेपछि उनको पढाइ बीचमै रोकियो । बिहेपछि परिवारले घरको काममा मात्र दलाएपछि उनी तीन वर्षसम्म विद्यालय जान पाइनन् ।

हतारमा बिहे गरेकी उनले जब स्कुल जान पाइनन, तब फुर्सदमा पछुताउनु पर्ने अवस्था आएको छ । पढेर ठूलो मान्छे बन्ने सानैदेखिको उनको रहर बिहेपछि ओझेलमा र्पयो । आफ्नो रहर पुरा गर्न अन्ततः दीपाले आफैंले रोजेको श्रीमानसँग सम्बन्धविच्छेद नै गरिन् । श्रीमान्सँग डिभोर्स गरेकी दीपा अहिले पुनः साथीहरुसँगै झोला बेकेर नियमित विद्यालय जान थालेकी छिन् । अन्नपूर्ण

Marridge in nepal

विशेष