खेल ताजा खबर News

स्पेनिस ला लिगामा भिल्लारियलले सेल्टा डि भिगोलाई ५–० गोल अन्तरले हरायो

स्पेनिस ला लिगामा भिल्लारियलले सेल्टा डि भिगोलाई ५–० गोल अन्तरले हरायो

la-liga

कात्तिक १ । स्पेनिस ला लिगामा भिल्लारियलले सेल्टा डि भिगोलाई ५–० ले हराएर बार्सिलोनासँग अंक बराबरी गरेको हो ।

भिल्लारियलको जितमा रोबर्टो सोरिएनोले दुई, सेड्रिक बाकाम्बु र म्यानुएल ट्रिगुएरोसले एक एक गोल गरे । सेल्टाका डानिएल वासले आत्मघाती गोल गरेपछि भिल्लारियल ५–० ले विजयी भयो । जितपछि पाँचौं स्थानमा उक्लिएको भिल्लारियलको ८ खेलबाट १६ अंक भएको छ । समान १६ अंक नै भएपनि बार्सिलोना गोल अन्तरमा अघि रहेकाले चौथो स्थानमा छ ।

राति नै भएका अन्य खेलमा एथ्लेटिको बिल्बाओलो रियल सोसिडाडलाई ३–२ तथा भ्यालेन्सियाले स्पोर्टिङ गिजोनलाई २–१ ले हरायो । अलाभेस र मालागाले १–१ को बराबरी खेले ।

la liga

विशेष