ताजा खबर राजनीति News

ब्रिक्स सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्कदै

ब्रिक्स सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्कदै

कात्तिक १ । भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदै छन् । प्रधानमन्त्री नेपाल एयरलाईन्सको विमानमार्फत अपरान्ह तीन बजे स्वदेश फर्कन लागेका हुन । प्रधानमन्त्री प्रचण्ड ब्रिक्स सम्मेलनमा सहभागी हुन शनिवार गोवा गएका थिए । बिम्स्टेकसँग सहकार्य गर्न सकिने क्षेत्रहरु पहिल्याउनेलगायत १०९ बुँदे गोवा घोषणापत्र जारी गर्दै ब्रिक्स सम्मेलन आइतबार गोवा सम्पन्न भएको थियो ।

घोषणापत्रमा यस क्षेत्रको शान्ति, विकास, समृद्धिलगायत साझा उद्देश्यलाई थप सुदृढ बनाउने एवम् व्यापार, वाणिज्य र लगानीलगायत क्षेत्रमा संयुक्तरुपमा काम गर्न सकिने सम्भावनालाई पहिल्याउने उल्लेख गरिएको छ ।

ब्रिक्स घोषणापत्रमा सबै खालका आतङ्कवादलाई निन्दा गर्दै भारतमा हालै भएको आतङ्ककारी हमलाको पनि निन्दा गरिएको छ । यसैगरी, सम्मेलनमा ब्रिक्सका राष्ट्रहरु कृषिसम्बन्धी ब्रिक्सको अनुसन्धान प्लेटफर्म बनाउन, रेलवे रिसर्च नेटवर्क, स्पोर्ट काउन्सिल र युवासम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्न सहमत देखिएका छन् ।

Prachanda

विशेष