ताजा खबर विदेश News

कारागारमा झडप २५ को मृत्यु

कारागारमा झडप २५ को मृत्यु

brizil-police

कात्तिक १ । ब्राजिलको एक कारागारमा भएको झडपमा २५ जना कैदीबन्दी मारिएका छन् । ब्राजिलको बोया भिस्टामा रहेको कारागारमा एक सेक्सनका कैदी बन्दीले अर्को सेक्सन तोडफोड गर्ने क्रममा झडप शुरु भएको हो ।

झडपमा चक्कु र लाठी प्रहारबाट उनीहरुको मृत्यु भएको बताइएको छ । बाहिरबाट आएका मानिससँग भेटघाट गर्ने समयमा कैदीबन्दीबीच झडप भएको हो ।

त्यस क्रममा कारागारका सुरक्षाकर्मीले एक सयजना कैदीबन्दीका आफन्तलाई केही समयसम्म नियन्त्रणमा छाडेको छ । कारागार प्रशासनले घटना लगत्तै सुरक्षा ब्यवस्था कडा बनाएर अनुसन्धान शुरु गरेको छ । ७ सय जनाको क्षमता रहेको सो कारागारमा १४ सय कैदी बन्दीलाई राखिएको थियो ।

Brizil

विशेष