पुल भाच्चिँदा ८ को मृत्यु
कात्तिक - १ । इन्डोनेसियाको बालीमा रहेको एक पुल भाच्चिँदा ८ जनाको मृत्यु भएको छ । बालीमा रहेको एक रिसोर्ट नजिकै रहेको दुई साना द्विप जोड्ने पुल भाच्चिँदा ८ जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएको इन्डोनेशियाली अधिकारीहरुले जनाएका छन् ।
अधिकारीहरुका अनुसार उक्त पुल पारि रहेको एक मन्दिरमा भैरहेको समारोहमा सहभागी हुन जाने भक्तजनहरु पुल तरिरहँदा अचानक पुल भाच्चिँएको र उक्त दुर्घटना भएको हो । दुर्घटनाको समयमा उक्त पुलमा कति जनाको संख्यामा भक्तजन थिए भन्ने यकिन नभएकाले मृतक र घाइतेहरुको संख्या बढ्न सक्ने बताएका छन् ।
उनीहरुले हाल उद्धार कार्य जारी रहेको बताएका छन् । स्थानीयवासीले भने उक्त पुल पहिलेदेखि नै जिर्ण रहेको र यसको मर्मतमा सरकारले ध्यान नदिएका कारण उक्त दुर्घटना भएको बताएका छन्।
Bridge
indonessia