अख्तियार प्रमुख आयुक्त कार्कीको घरमा म्याद टाँस्न जाँदा अवरोध

कात्तिक - १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्ने सर्बोच्च अदालतको प्रयास पुनः असफल भएको छ ।
आफुलाई सामसुङको कर्मचारी बताउने केही पुरुषहरुको समूहले सर्बोच्चको तामेलदार नेतृत्वको टोलीलाई म्याद टाँस्न रोकेको हो ।
लोकमानसिंह कार्कीको नयाँ बानेश्वरस्थित घर आफुहरुले भाडामा लिएको भन्दै उनीहरुले म्यादपत्र टाँस्न नदिएको बताइएको छ । केहिबेरको बादविवादपछि सर्बोच्चको टोली म्याद नटाँसी फर्कीएको हो ।
म्याद टाँस्नुअघि सर्बोच्चको टोली वडा कार्यालयमा पनि पुगेको थियो । रहोबरका लागि आउने बताएकी वडा सचिव सरिता राईले पनि अन्तिम समयमा आउन नसक्ने बताएकी थिइन् ।
अख्तियार प्रमुखमा कार्कीको नियुक्तिसम्बन्धी मुद्धामा सुनुवाइका लागि अदालत आउन इन्कार गरेपछि सर्बोच्चले कार्कीको घरमा म्याद टाँस्ने प्रयास यसअघि पनि असफल भएको थियो । कार्की अख्तियारको सरकारी निवासमा बस्दै आएका छन् ।
lokman singh karki
myad tasna diyeyena
sarbochha adalat
