बसको ठक्करबाट २ को मृत्यु

कात्तिक १ । झापाको कन्काई नगरपालिका–२ जामुनखाडीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको को१ख ३५९६ नम्बरको बसले मे५प ३८५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कन्काई नगरपालिका–३ का तिलविक्रम थेवे र अग्नि भेटवाल रहेका छन् । घटनापछि बस चालक फरार भएको प्रहरीले जनाएको छ ।
Bus accident
Jhapa
kankai
mirtue
