भारतद्वारा पाकिस्तानमा ऊन बिक्रिमा रोक

कात्तिक - १ । भारत र पाकिस्तान सिमा क्षेत्रमा तनाब बढेसँगै दुई देशबीचको ऊन व्यापारमा अवरोध देखिएपछि कपडा उद्योग नै अन्योलतामा परेको छ । पाकिस्तानका एकजना ऊन प्रमुख खालिद अबदुल्लाका अनुसार अझैंपनि दुई राष्ट्रबीच थोरै परिमाणमा ऊन व्यापार चलिरहेको छ ।
सरकारले खरिदकर्ताहरु ऊन खरिद नगर्न कुनै औंपचारिक जानकारी नगराएपनि धेरैले राष्ट्रिय ऐक्यवद्दताको संकेत गर्न ऊन खरिद गरेका छैनन् । यद्धपि भारतीय बिक्रीकर्ताले भने ऊन बिक्री गर्न इन्कार गर्दै आएका छन् ।
पाकिस्तानमा भारतबाट ठूलो परिमाणमा ऊन निर्यात हुने गर्दछ । यद्धपि पाकिस्तानसँगको ऊन व्यापारमा देखिएको खटपटले भारतको ऊन बिक्रीकर्ताहरुलाई मार्का पर्ने देखिन्छ । पाकिस्तानले यस वर्ष ब्राजिल, अमेरिका लगाएत केही अफ्रिकी मुलुकबाट ऊन आर्यात गर्ने देखिन्छ ।
भारत र पाकिस्तानबीच वार्षिक ८ सय २२ मिलियन डलर बराबरको ऊन व्यापार हुने गर्दछ ।
India
Pakistan
wool
