News

'संविधान संशोधनप्रति हामी सहमत छैनौं र कदापी हुने पनि छैनौं’ योगेश भट्टराइ

'संविधान संशोधनप्रति हामी सहमत छैनौं र कदापी हुने पनि छैनौं’ योगेश भट्टराइ
कात्तिक १ । नेकपा एमालेका सचिव योगेश भट्टराइले अहिलेको प्रचण्ड सरकारलाई ‘सुकेको हाँगामा झुण्डिएको’ टिप्पणी गरेका छन् । प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराइले सरकारको काम कारवाही र असफल विदेश नीतिका कारण सरकार सुकेको हाँगामा झुण्डिन पुगेको बताएका हुन् । yogesh-bhattarai ‘जसरी सुकेको हाँगामा समाउने जो कोही भुइँमा खस्छ, त्यसरी नै यो सरकार सुकेको हाँगामा झुण्डिएकाले जुनसुकै बेला हाँगा भाँचिएर भुइँमा खस्ने सम्भावना छ,’भट्टराइले भने । सरकार बनेको साढे २ महिनामात्रै भएपनि छिमेकी देशहरुप्रतिको असमान व्यवहार र राष्ट्रघाती कदमका कारण सरकार आफै ढल्ने अवस्थामा पुगेको टिप्पणी गरेको हुन् । ‘सरकारको जग नै गतिलो छैन, अनि कसरी लामो समयसम्म टिकोस् । जग बलियो भएपो घर बलियो हुन्छ, त्यसैले यो सरकारको औचित्य छैन,’ भट्टराईले भने,‘संविधानको सफल कार्यन्वयनका लागि अब सबै दल सम्मिलित सहमतीय सरकार बनाउनु पर्छ र त्यसका लागि एमालेले पहल गर्छ ।’ सरकार गिराउने खेलमा एमाले नलागे पनि जनविरोधी काम गर्दे गएकाले अव यसको विकल्प जनताले आफै खोज्ने उनले बताए । नेकपा एमाले प्रतिपक्षमा बसे पनि अहिलेको सरकारले प्रतिपक्षसंग कुनै पनि विषयमा एकपटक पनि सम्वाद नगरेको उनको आरोप थियो । मधेसी दलले सविंधान संसोधनको माग गरिरहेको भएपनि संविधान संशोधनको विषयमा प्रतिपक्षसंग प्रचण्ड सरकारले कुनैपनि संवाद नगरी एकलौटी ढङ्गले अघि बढ्न खोजेको आरोप लगाए । उनले भने, ‘संविधान संशोधन के(का लागि, कसका लागि, संशोधन गरेपछि फाइदा के, त्यो विषयमा हामीसंग अहिलेसम्म एक पटकपनि सम्वाद भएको छैन, देश र जनताको हितविपरित हुने गरी गर्न लागिएले संविधान संशोधनप्रति हामी सहमत छैनौं र कदापी हुने पनि छैनौं ।’

nekapa umale sambidhan samsodhan hudaina Yogesh Bhattarai

विशेष