News

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १५ दिन उजुरी दिने म्याद थप्याे

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले १५ दिन उजुरी दिने म्याद थप्याे
कार्तिक – १ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता परिएका घटनाको छानबिन गर्न पुनः १५ दिन म्याद थप गरेको छ । आयोगका अध्यक्ष लोकेन्द्र मल्लिसहिता पदाधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । bepatta-aayog आयोजना गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउनका लागि कार्तिक १ गतेदेखि १५ गतेसम्म १५ दिनभित्र उजुरी आह्वान गरेको छ । व्यक्ति बेपत्ता पारिएका कार्यबाट पीडित व्यक्तिले उजुरी दिनका लागि ११ बुँदे प्रावधान रहेको छ । त्यसमा २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मङ्सिर ५ गतेसम्म सशस्त्र द्वन्द्वका क्रममा व्यक्ति बेपत्ता पारिएको घटनासँग सम्बन्धित हुनुपर्ने, उजुरीमा आफूले देखे–थाहा पाएका सबै कुरा उल्लेख गर्नुपर्ने रहेको छ । त्यस्तै, पीडितले आफूसँग भएसम्म प्रमाण उजुरीमा पेस गर्नुपर्ने, उजुरी आयोगको केन्द्रीय कार्यालय वा जिल्लास्थित स्थानीय शान्ति समितिको कार्यालय वा आफ्ना प्रतिनिधिमार्फत दिन सकिनेछ । त्यसका लागि उजुरी फाराम निःशुल्क रुपमा आयोगको वेबसाइड यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिनेछ । उजुरी खामबन्दी गरी पेस गर्न सकिनेछ भने कसैले मौखिकरुपमा उजुरी दिन चाहेमा आयोगसमक्ष दिन सक्नेछ । यसको लागि कुनै दस्तुर नलाग्ने आयोगले जनाएको छ । सो आयोग २०७१ माघ २८ गते स्थापना भएको थियो । ऐन, नियमावली निर्माणका कार्यले गर्दा आयोगले व्यक्ति बेपत्ताको खोजी कार्य अघि बढाउन सकेको थिएन ।

aayog Bepatta bepatta ayog

विशेष