लागुऔषधसहित ३ पक्राउ

कात्तिक १ । लागुऔषध र अवैध सामानसहित प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३४ बानेश्वरस्थित सुकुम्वासी टोल बस्ने दोलखा जिरी–६ घर भएका ३० बर्षीय फुर्वा शेर्पा, काभ्रे चण्डिनी–९ घर भई हाल सोही टोलमा बस्ने २५ वर्षीय सन्तोष कुँवर र काभ्रे कुन्तबेँसी घर भएका १७ वर्षीय अनिल कुँवर पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले फुर्वाको कोठामा खानतलासी गर्दा लागुऔषध गाँजा ५ सय ग्राम, मिनी ल्यापटप १ थान, क्यामेरा १ थान, हथौडी १ थान र रेन्ची १ थान बरामद गरेको थियो ।
निजलाई सोधपुछ गर्दा साथीहरुको कोठामा समेत लागुऔषध रहेको बताएपछि प्रहरीले सन्तोषको कोठा समेत तलासी गर्दा डाइजोपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र लुपीजेसिक २५ एम्पुल बरामद गरेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
hatkadi
laguausad
Pakrau
