विदेश

सबैभन्दा बढी उमेरको पाण्डाको मृत्यु

सबैभन्दा बढी उमेरको पाण्डाको मृत्यु
कात्तिक १ । अहिलेसम्मकै बढी उमेरको मानिएको पाण्डा मरेको छ । हङकङको थिम पार्क ओसनमा राखिएको जिया जिया नाम गरेको पाण्डा ३८ वर्षको उमेरमा मरेको त्यहाँका अधिकारीले बताएका छन् । panda यो प्राकृतिक बासस्थान बाहिर चियाखाना वा कुनै पार्कमा राखिएको मध्ये अहिलेसम्म सबैभन्दा बढी उमेरसम्म बाच्न सफल पाण्डा हो । पाण्डा ३८ वर्ष बाच्नुलाई मानिस एक सय वर्षभन्दा धेरै बाचे जस्तो मानिन्छ । पछिल्ला केही हप्तादेखि जिया जियाको अवस्था दिनानुदिन गम्भीर बन्दै गएको थियो । जिया जियालाई सन् १९९९ देखि पार्कमा राखिएको थियो । जिया जियालाई गएको वर्षको जुलाइमा ३७ औं वर्ष पूरा गर्दा पार्कका कर्मचारीले केक दिएका थिए । जिया जिया सन् १९७८ मा वाइल्ड चीनको सिचुवानमा जन्मिएको अधिकारीले बताएका छन् । प्राकृतिक वातावारणमा पाण्डाको औषत उमेर २० वर्ष र पिंजडा वा चिडियाखानामा २५ वर्ष मानिन्छ ।

old panda panda death

विशेष