विदेश

चीनमा ६.२ म्याग्नेच्युटको भूकम्प

चीनमा ६.२ म्याग्नेच्युटको भूकम्प

कात्तिक १ । चीनमा ६.२ म्याग्नेच्युटको भूकम्प गएको छ । सोमबार दिउँसो ३ः१४ मा गएको भूकम्पमा हालसम्म कुनै हाताहात भने भएको छैन् । उत्तरी चीनको किङ्घाई प्रान्तमा यसको केन्द्रविन्दु रहेको चीनको भूकम्प मापन केन्द्रले बताएको छ ।

earthquake

भूकम्पको इपिसेन्टर ९ किमीको एक गहिराईसँग जाडोइक काउन्टीको युुशु तिब्बत स्वायत्त प्रान्तमा रहेको थियो । यो ३२.८१ डिग्री उत्तरी अक्षांश र ९४.९३ डिग्री पूर्वी देशान्तरमा रहेको अनुमान गरिएको छ ।

स्थानीय प्रहरीका अनुसार हालसम्म कुनै हाताहात भएको छैन् । प्रहरीले आपतकालीन प्रतिक्रिया सक्रिय गरेको छ । स्थानीय अधिकारीहरुले भूकम्पको क्षतिको अनुसन्धान गरिरहेका छन् । चीनमा सन् २०१० मा गएको ७.१ म्याग्नेच्युटको भूकम्पमा परि ३ हजार मानिसको मृत्यु हुनुको साथै धेरै बेपत्ता भएका थिए ।

China Earthquake

विशेष