News

'चिनिया राष्ट्रपति पिङ र भारतीय प्रधानमन्त्री मोदीलाई एकै ठाउँमा भेट्दा हर्षले गद्‌गद्' - प्रधामन्त्री प्रचण्ड

'चिनिया राष्ट्रपति पिङ र भारतीय प्रधानमन्त्री मोदीलाई एकै ठाउँमा भेट्दा हर्षले गद्‌गद्' - प्रधामन्त्री प्रचण्ड
कात्तिक - १ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनिया राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एकै ठाउँ भेट्ने अवसर मिल्दा हर्षले गद्‌गद् भएको बताएका छन् । गोवाबाट नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग तीन देशका प्रमुखहरुको भेट दुर्लभ सुखद् संयोग भएको बताए । prachanda उनले भने, ‘अनौपचारिक भेट नेपालका लागि महत्वपूर्ण भयो। मैले त्रिदेशीय साझेदारीको प्रस्ताव राखे।’ प्रधानमन्त्री प्रचण्डले त्रिदेशीय साझेदारीको प्रस्ताव व्यक्तिगत नभई देशका लागि भएको बताए। यो भेटबारे आलोचना भएकोमा प्रचण्डले दुखेसो गरे। उनले भने, ‘देशका लागि महत्वपूर्ण भेट हुँदा पनि आलोचना हुँदा दुखित भएको छु।’

China ci jing ping India Narendra modi pushpa kamal dahal prachanda

विशेष