News

विश्वनाथलाई सबैले साथ दिनु पर्दछः नेता भीम आचार्य

विश्वनाथलाई सबैले साथ दिनु पर्दछः नेता भीम आचार्य
कार्तिक – १ । एमाले नेता भीम आचार्यले विश्वनाथ गौतमलाई सबैले साथ दिन आग्रह गरेका छन् । सोमबार मिनभवनस्थित सडक विभाग अगाडि २७ दिनदेखि धर्नारत दीपा गौतमलाई भेट्ने क्रममा नेता आचार्यले सहयोग गर्न आग्रह गरेका हुन् । dipa-gautam1उनले विश्वनाथ र उनको परिवारप्रति महाअन्याय भएकाले आफूले गर्नसक्ने जति सहयोग गर्न आश्वासन दिए । सोमबार साझ करिव  ४ बजे दीपा गौतमलाई भेट्न पुगको थिए । उनले यसबारेमा सरकारको ध्यानाकर्षण गर्ने बताएका छन् । उनले यो घटनाको बारेमा छिट्टै प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीलगायतसँग आफूले कुरा राख्ने बताए । पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले पनि घटनाका बारेमा पहल गर्ने आश्वासन दिएका थिए । उनले आश्वास दिएको ११ दिन वितिसक्दा पनि विश्वनाथ गौतमको विषयप्रति सरकारको ध्यानाकर्षण हुन सकेको छैन । त्यस्तै तमलोपाका नेता तथा सामाजिक अभियान्ता अशोक राई निष्पक्ष रुपमा छानबिन गरि सक्दो चाँडो परिणाम निकाल्नु पर्ने बताएका थिए । यो घटनाको विसुद्ध छानविन गर्न सबैले पहल गर्नु पर्ने स्थानीय रामलाल रसाइली बताउँछन् । त्यस्तै सरकारले नागरिकको मर्म बुझेर उचित प्रक्रियाको अवलम्बन गरी छुटाउने प्रक्रिया मिलाउनु पर्न अधिवक्ता शान्ति तिमिल्सेनाको भनाइ छ । विगत २७ दिनदेखि धर्नामा बस्ता पनि सरकारले कुनै वास्ता नगरेको श्रीमती दीपा गौतम बताउँछिन् । ‘सरकार अन्याय गरिरहेको महशुस भइरहेको छ’ उनले भनिन्, ‘निर्दोषलाई जेल सजाय गर्नु कहाँसम्मको न्याय हो ?’ विश्वनाथ गौतम निर्दोश हुँदाहुँदै पनि विगत ६ वर्षदेखि जेल जीवन बिताइरहेको परिवारिक स्रोतको भनाइ छ । युनिटी लाइफ प्रकरणमा उनले १ वर्ष मुद्दा खेप्नु परेको र २०६८ सालमा ललितपुर जिल्ला अदालत ३ वर्षको जेल सजाय तोक्नुका साथै  उनलाई १ करोड ६ लाख विगो र सोही बराबरको रकम जरिवाना सुनाएको उनकी श्रीमती दीपा गौतमले बताइन् । त्यस्तै उनीविरुद्ध सुनसरी जिल्ला अदालतले सोही मुद्दाका लागि २ करोड २३ लाख विगो र सोही रकम बराबर जरिवाना गरेको थियो । यता फिदिम जिल्ला अदालतले उनीसँगै मुद्दा खेपिरहेका अन्य सञ्चालकहरुलाई सफाय दिएको थियो भने विश्वनात गौतमको मुद्दालाई मुलतवीमा राखेको थियो । सफाय पाउनेहरु काशीराम गुरुङ, विष्णुबहादुर क्षेत्री, भीम गुरुङ, कृष्ण क्षेत्री, इन्द्र बहादुर विक, नेत्र राजबंशी, महेन्द्र केसीलगायतका छन् । त्यस्तै, उनीविरुद्धकोे मुद्दामा कास्की, चितवन, बर्दिया, बाग्लुङ, रौतहट जिल्ला अदालतले सफाय दिएका छन् । यता युनिटीका अध्यक्ष काशीराम गुरुङ भने तीन वर्ष जेल सजाय र ३ करोड ५० लाख धौरोटी ताकेको थियो । उनले चार महिना पहिला जेल मुक्त भएका हुने । उनीसँगै जेल परेको विश्वनाथको कहिले जेल मुक्त हुने हो ठेगाना नभएको परिवारको भनाइ छ । dipa-gautam

bhim acharya Bishwonath Gautam Jhalanath Khanal

विशेष