दसैँ सकिँदासमेत सरकारी कार्यालयका कर्मचारी अनुपस्थित
कात्तिक १- । यहाँका अधिकाश सरकारी कार्यालयमा कार्यालयका कर्मचारी अनुपस्थित भएको पाइएको छ । सोमबार फिदिममा रहेका १५ सरकारी कार्यालयमा जिल्ला प्रशासन कार्यालयबाट भएको छड्के गर्दा यस्तो पाइएको हो ।
दसैँ सकिए लगत्तै जनताको प्रत्यक्ष सरोकारका कार्यालयहरुमा छड्के गरीएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । १५ कार्यालयमा छड्के गर्दा ६१ कर्मचारी अनुपस्थित भएको पाइएको थापाले जानकारी गराए । उनका अनुसार विभिन्न समुह बनाएर दश बजे पछि छड्के गरीएको छ ।
जिल्ला प्रशासन कार्यालयले दिएको विवरण अनुसार दश कार्यालयका प्रमुख नै उपस्थित थिएनन । खानेपानी तथा सरसफाइ सव डिभिजन, तथ्यांक, फिदिम नगरपालिका र सिंचाइ विकास डिभिजनमा कार्यालय प्रमूख सहित हरेक पाँच जना अनुपस्थित भएको पाइएको छ । कृषि विकास कार्यालयमा प्रमूख सहित ९ जना,पशु सेवा कार्यालय,जिल्ला वन कार्यालय र नापी कार्यालयमा प्रमूख सहित ६–६ जना कर्मचारी अनुपस्थित रहेका थिए ।
जिल्ला शिक्षा र जिल्ला स्वास्थ कार्यालयमा प्रमूख सहित ७–७ जना कर्मचारी अनुपस्थित भेटिएका हुन । विदा स्विकृत नगराई अनुपस्थित भएको पाइएको हो । यि कार्यालयमा विभिन्न तहका २५ कर्मचारीमात्र उपस्थित थिए । दसैँ विदा सकिएको केहि दिन वित्दा पनि कार्यालयम कर्मचारी नहुँदा सेवा प्रभावित बनेको छ । कतिपय कर्मचारी दसैँ विदा हुनु भन्दा अघिनै विदामा रहेको खुल्न आएको छ ।
कार्यालयमा उपस्थित नभएका कर्मचारीलाई स्पष्टिकरण सोधिने थापाले बताए ।