सिरियामा हवाइ हमला एकै परिवारका १४ को मृत्यु

कात्तिक २ । सिरियामा विद्रोही नियन्त्रित पूर्वी अलेप्पो शहरमाथि हवाइ हमला गरिंदा एकै परिवारका १४ जना मारिएको स्वयंसेवक उद्धारकर्ताहरुले बताएकाछन्।
मृतक मध्ये ८ जना बालबालिका र २ जना महिला रहेको व्हाइट हेल्मेट्स नामक नागरिक सुरक्षा फौजले जनाएको छ ।
रुसी लडाकु विमानको हमलापछि सोमबार अल–मार्जा क्षेत्रमा उक्त परिवारको मृत्यु भएको सिरियाको नागरिक सुरक्षा फौज व्हाइट हेल्मेट्सले जनायो ।
Siriya