ताजा खबर विदेश News

अस्पतालमा आगलागी २२ को मृत्यु

अस्पतालमा आगलागी २२ को मृत्यु

Aglagi

कात्तिक २ । भारत ओडिशाको राजधानी भुवनेश्वरमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तिमा २२ जनाको ज्यान गएको छ । भुवनेश्वरमा रहेको सम अस्पतालमा आगलागी भएको हो । अस्पतालको डायलासिस वार्डबाट सुरु भएको आगो फैलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो ।

आगलागीका कारण अस्पतलाको आइसियु वार्डमा पनि प्रभाव परेपछि बिरामीलाई हतार हतारमा बाहिर निकालिएको थियो । आगलागीमा परि घाइते भएका तथा अस्पतालमा उपचारत बिरामीलाई निजिकैको अन्य अस्पतालमा लगिएको छ । सातवटा दमकल र एक सय २० जना अग्निनियन्त्रकले आगो नियन्त्रणमा लिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाले आफू दुखी भएको बताएका छन् ।

India

विशेष