हिटलर जन्मेको घर भत्काउने तयारीमा अष्ट्रिया सरकार

कात्तिक २ । अस्ट्रियाको सरकारले जर्मन तानाशाह एडोल्फ हिटलर जन्मिएको घर भत्काउने तयारी गरेको छ । अस्ट्रिया र जर्मनीको सिमानामा पर्ने उक्त घरमा हिटलरको जन्म २० अप्रिल १८८९ मा भएको थिया ।
उनको शासनकालमा उक्त घरलाई हिटलरको स्मारकमा परिणत गरिएको थियो, जहाँ हजारौं पयर्टक घुम्न जाने गर्दथे। १९४४ मा नाजी शासन अन्त्य भएपछि सो स्मारक बन्द गरिएको थियो ।
तानाशाह हिटलरको पुजनीय स्थलको केन्द्रविन्दु भएका कारण सो घर अष्ट्रियाको सरकारले भत्काउने फैसला गरेको बीबीसीले जनाएको छ ।अष्ट्रियामा उक्त घरलाई लिएर लामो समयदेखि विवाद थियो । केही मानिसहरुले उक्त घरलाई भत्काउनु पर्ने र केहीले अर्कै तरिकाले प्रयोग गर्न सकिने मतहरु राखेका थिए ।
हाल कानुनी प्रकृया पुरा गरेर सो घर भत्काउने तयारी गरिएको जनाइएको छ ।
Hitlar