ताजा खबर राजनीति News

संसद बैठकमा प्रधानमन्त्रीले दुई विधेयक प्रस्तुत गर्ने

संसद बैठकमा प्रधानमन्त्रीले दुई विधेयक प्रस्तुत गर्ने
pm-in-samsad कात्तिक २ । व्यवस्थापिका संसद बैठक आज बस्दैछ । नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफुले सम्हालेका महिला बालबालिका तथा समाज कल्याण र पशुपंक्षी विकास मन्त्रालयसँग सम्बन्धित दुई विधेयक प्रस्तुत गर्दै छन् । अपांगता भएका ब्यक्तिहरुको अधिकारसम्बन्धी विधेयक र नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिए । त्यस्तै आजको बैठकले भूमिगत जलस्रोत बिधेयक र सिंचाई विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेछ ।

PM PM address

विशेष