News

चितवनमा जीप दुर्घटना १७ जना घाइते

चितवनमा जीप दुर्घटना १७ जना घाइते

road-accident-logo

कात्तिक ३ । चितवनको दारेचोक गाविसको ग्रामीण सडकमा बोलेरो पिकअप गाडी दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।इच्छाकामनाबाट फिस्लिङ आउने क्रममा गाउँको कच्ची सडकमा चल्ने ग २ च ३८१५ नम्बरको पिकअप गाडी आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति करिव ९ः३० बजेको समयमा भएको उक्त दुर्घटनामा १७ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गाडी सडकबाट २० मिटर तल खसेको प्रहरीको भनाइ छ । उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

Accident

विशेष