News

पटकपटक अवरोध खेप्दै आएको सर्वाेच्चले लोकमानसिंहको घरमा म्याद तामेल गर्न सफल

पटकपटक अवरोध खेप्दै आएको सर्वाेच्चले लोकमानसिंहको घरमा म्याद तामेल गर्न सफल
कात्तिक – २ । पटकपटक अवरोध खेप्दै आएको सर्वाेच्च अदालतको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद तामेल गर्न सफल भएको छ । सर्वाेच्चको टोलीले मंगलबार दिउसो कार्कीको घरमा काठमाडौं वडा नं. १० का सचिव सरिता राईको रोहबरमा म्याद तामेल गरेको हो । lokman सर्वोच्च अदालतको स्रोत अनुसार म्याद तामेल भएको सम्पूर्ण प्रतिवेदन सहितको कागजात तामेलदारको टोलीले सर्वोच्चमा आजै पेश गरिसकेको छ । म्याद टाँस्ने क्रममा २ जना साक्षी पनि बसेका थिए । योसँगै अबको १५ दिनभित्र विपक्षी लोकमानसिंह कार्की सर्वोच्च अदालत आफैं उपस्थित हुनुपर्ने छ वा उनी आफैं उपस्थित नभए उनले आफ्नो प्रतिनिधि पठाउनु पर्नेछ । कार्कीले ३० दिनको म्याद थप्न पाउने छन् । अख्तियार प्रमुखमा नियुक्त हुन कार्कीको वैधानिकता नपुगेको भन्दै अदालतमा दर्ता भएको पुरानो मुद्दाको पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीलाई अदालतमा उपस्थित हुन म्याद टाँसिएको हो । कार्की देशबाहिर रहेकाले अदालतमा उपस्थितिका लागि उनको पुरानो बानेश्वरमा रहेको घरमा म्याद टाँस्न सर्वोच्चले तामेलदारलाई खटाएको थियो । अधिवक्ता ओममप्रकाश अर्यालले दायर गरेको कार्कीविरुद्धको मुद्दा सर्वोच्च अदालतले पहिले खारेज गरेको थियो । एक महिनाअघि प्रधानन्यायाधीश सुशिला कार्कीसहितको इजलाशले लोकमानको मुद्दा पुनरावलोकन गर्ने निर्णय गरेको थियो । यसैगरी सर्वोच्चले म्याद तामेलमा लापरबाही गरेको भन्दै तामेलदार शम्भू बहादुर खत्रीलाई मंगलबार अपरान्हसम्म कारबाही गर्ने तयारी गरेको अदालत स्रोतले बताएको छ ।

Akhtiyar Lokman Sing Karki

विशेष