मिनि ट्रकको ठक्करबाट २ को मृत्यु

कात्तिक २ । बाँकेकाे काेहलपुरमा मंगलबार बिहान मिनि ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
साँढे १० बजे बाँकेको कोहलपुर-३ मदनचोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनि ट्रकको ठक्करबाट स्थानीय ५८ बर्षिय सितादेबी पोख्रेल र उनकी २ बर्षिया नातिनी प्रशंसा पन्तकाे मृत्यु भएकाे हाे । मिनि ट्रकको ठक्करबाट सितादेबीको घटनास्थलमै र बालिकाको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
ठक्कर दिने मिनिट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ । घटनकाेबारेमा छानबिन भइरहेकाे प्रहरीले जनाएकाे छ ।
Accident
banke
Death
kohalpur
