विदेश

अस्पतालमा अागलागी, २३ काे मृत्यु

अस्पतालमा अागलागी, २३ काे मृत्यु
कात्तिक - २ ।  पूर्वी भारतीय राज्य उडिसाको प्रान्तीय राजधानी भुवनेश्वरमा रहेको एक अस्पतालमा सोमबार राती आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य केही घाइते भएका उच्च प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरीका अनुसार स्थानीय समयानुसार साँझ करिब ८ बजे सो आगलागी भएको थियो । india-aglagi ‘इन्स्टिच्युड अफ मेडिकल साइन्स एण्ड सुम हस्पीटल’को सघन उपचार कक्ष (आइसियु ) आगलागी भएको हो । आगलागी भएको करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । विद्युत सर्ट भई आगलागी भएको स्थानीय टेलिभिजनहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगालागीमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । “उडिसामा भएको घटनाबाट मर्माहित भएको छु,” मोदीले ट्विटरमार्फत बताएका छन् ।

firein hospital India

विशेष