News

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
कात्तिक २ । रुस हुँदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने शैक्षिक परामर्श केन्द्रमा कार्यरत दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । hatkadi बानेश्वरमा रहेको रेकोन एजुकेसन कन्सल्टेन्सीमा कार्यरत धादिङ थाक्रे गाविस घर भई कलङ्की बस्ने सम्झना केसी र कोटेश्वरस्थित हाइलिंक एजुकेसनल कन्सल्टेन्सीमा कार्यरत कास्की सल्यान घर भई ललितपुर धोबीघाट बस्ने आनन्द केसीलाई महानगरीय प्रहरी महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । अभियुक्तले बागलुङ विनामारे गाविसका भरत विकसमेत सात जनालाई भारतको दिल्लीबाट रुस हुँदै पोर्चुगलसम्म पु¥याइदिने भनी प्रलोभनमा पारी प्रतिव्यक्ति रु १० लाख ५० हजारसम्म लिई रुससम्म पु¥याई अलपत्र पारेका थिए । पीडितले कारबाहीका लागि महाशाखामा निवेदन दिएपछि उनीहरु नयाँ बानेश्वरबाट पक्राउ परेको र आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले आज वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको छ । रासस

hagi Pakrau urope

विशेष