१२० प्याराग्लाइडरको विश्व कीर्तिमान

कात्तिक–२ । इन्डोनेसियाको बाली नामक टापुको आकाश भरेर प्याराग्लाइडरहरुले नयाँ विश्व कीर्तिमान रचेका छन् ।
प्याराग्लाइडरहरुले आकाशमा एकै साथ उडेर नयाँ कीर्तिमान बनाएको हो । लगभग १२० पाइलटहरुले एकै साथ उडेर कीर्तिमान बनाउन आकाशमा उडान भरे ।
यसअघिको ९९ ग्लाइडरको कीर्तिमान पनि सन् २००९मा बालीमै बनाइएको थियो । यसका व्यवस्थापक अल्डी पतानरोई भन्छन्–‘पहिला हामीले ११० पाइलटको एकै उडानले कीर्तिमान तोड्ने योजना बनायौँ, तर पछि लगभग १२० पाइलटले उडान भरे । यसमा कुनै दुर्घटना भने भएको छैन ।’
pyaraglaiding
world record
