News

१२ औ राष्टिय राइनो संरक्षण पुरुष गोल्डकप सुरु

१२ औ राष्टिय राइनो संरक्षण पुरुष गोल्डकप सुरु
कार्तिक - २ । नवलपरासी। नवलपरासीमा १२ आैँ राष्ट्रिय राईनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगीता २०७३ को शुरु भएको छ । राष्ट्रमै परिचित एक सिगे गैडाको संरक्षण गर्ने उदेश्यले नन्द भाउजू उपभोक्ता समिती नवलपरासीको मुख्य आयोजना कुमारवर्ती उच्च माविको खेल मैदानमा प्रतियोगीता आयोजना गरिएको हो । football प्रतियोगीताको बन तथा भुसंरक्षण मन्त्री शंकर भण्डारीले उद्घाटन गरेका थिए । प्रतियोगीताको उद्घाटन गर्दै मन्त्री भण्डारीले राज्यले खेल र खेलाडी सम्बन्धी उचित निति ल्याउन नसक्दा खेलाडीहरु नेपालमै सुरक्षित हन नसकेको बताए । राज्यको तर्फबाट प्रयाप्त प्रशिक्षण तथा सुबिधा दिन नसकिएको स्विकार गर्दै मन्त्री भण्डारीले खेल र खेलाडी जगतलाई राज्यले उच्च प्राथमिकतामा राखी योजना ल्याउनुपर्ने बिचार राखे । बन तथा भुसंरक्षण मन्त्री शंकर भण्डारीले राज्यले खेल र खेलाडी सम्बन्धी उचित निति ल्याउन नसक्दा खेलाडीहरु नेपालमै सुरक्षित हन नसकेको बताएका छन् । नवलपरासीमा आयोजीत १२ आैँ राष्ट्रिय राईनो संरक्षण गोल्डकप पुरुष फुटवल प्रतियोगीता २०७३ को उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बिचार राखेका हुन् । राज्यको तर्फबाट प्रयाप्त प्रशिक्षण तथा सुबिधा दिन नसकिएको स्विकार गर्दै मन्त्री भण्डारीले खेल र खेलाडी जगतलाई राज्यले उच्च प्राथमिकतामा राखी योजना ल्याउनुपर्ने बिचार राखे । सो अवसरमा बौल्दै नेपाली काँग्रेसका नेता समेत रहेका मन्त्री भण्डारीले देशको मान प्रतिष्ठान उचो राख्न सफल खेलाडी जगतको प्रशंसा गरे । देशमै सर्वाधिकराशी मध्येको सो प्रतियोगीता १२ औँ पटक आयोजना गरिएको छ । प्रत्येक बर्ष सो प्रतियोगीता संन्चालन हुँदै आएको छ ।प्रतियोगीता आगामी कार्तिक १३ गतेसम्म चल्नेछ । सो प्रतियोगीतामा नेपालको ए डिभिजनमा सहभागी भईसकेकाका टिम समेत गरी कुल १२ टिम सहभागी छन् । प्रतियोगीतामा बिजयी टिम मध्ये क्रमश प्रथम टिमले ३ लाख २५ हजार ५सय ५५ रुपैया नगद सहित ट्रफी प्रमाणपत्र र द्धितिय समुहले नगद १ लाख ६५हजार ५सय ५५ रुपैया नगद सहित ट्रफी प्रमाणपत्र पाउने छन् । प्रतियोगीतामा जगदब्बा लुम्बिनी , पिल्ले युथ क्लब हेटौडा , शशस्त्र प्रहरी बनल , यो स्टार क्लब नवलपरासी , पोखरा ११ कास्की , संकटा क्लब काठमाण्डौ , लालबन्दी स्पोटर्स क्लब सर्लाही , झापा ११ , ब्वाईज युनाईटेड क्लव काठमाण्डौ , बिरगन्ज युथ एकेडमी , नेपालगन्ज ११ र आयोजक टिम सहभागी छन् । - रबिन्द्र यादव/नवलपरासी    

Nawalparashi राईनो सँरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगीता २०७३

विशेष