News

'सबै प्रकारका रोगको उपचार नेपालमै सम्भव' - स्वास्थ्यमन्त्री थापा

'सबै प्रकारका रोगको उपचार नेपालमै सम्भव' - स्वास्थ्यमन्त्री थापा
कात्तिक २ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै प्रकारका रोगकोे उपचार स्वदेशमै गर्न सम्भव रहेको बताएका छन् । बेनी अस्पताल म्याग्दीको फार्मेसी कक्षको उद्घाटन तथा जनरल एनेस्थेसिया मेशिन हस्तान्तरण गर्दै उनले सबै रोगको उपचार नेपालमै सम्भव रहेको बताएका हुन् । gagan-thapa स्वास्थ्यमन्त्री थापाले नेपालमा सेवा पाइएन भनेर कुनै पनि नागरिक विदेशमा जानु नपरोस् र कसैले पनि पैसा छैन भनेर उपचारबाट बञ्चित हुन नपरोस् भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले काम गरिरहेको बताए । उनले अहिले भैरहेका स्वास्थ्यचौकी, जिल्ला अस्पताल र अञ्चल अस्पतालमा सेवा प्रवाहको गुणस्तर बढाउन र गुणस्तरीय सेवा प्रदान गर्न सक्ने स्वास्थ्यसंस्था बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गरे । उनले सरकारले देशका विभिन्न जिल्ला र स्थानमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुबाटै नागरिकलाई गुणस्तरीय सेवा दिन पहल गरिरहेको बताए । देशभरीका जिल्ला अस्पतालले आफ्नै फार्मेसी स्थापना गरी सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे । मन्त्री थापाले अस्पताल बन्ने कुराको स्वीकृती लिन सजिलो रहेपनि त्यसको भवन निर्माण गर्न धेरै समय लाग्ने गरेको बताए । उनले म्याग्दी जिल्ला अस्पतालले पनि ५० बेडको स्वीकृती पाएको हुँदा सोहीअनुसार सेवा प्रवाह गर्नुपर्ने उल्लेख गरे । उनले म्याग्दी अस्पतालको भवन निर्माण हुने समयसम्म आवश्यक अस्थायी संरचना निर्माणका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने बताए ।

Gagan Thapa

विशेष