हरियो जुनार बजारमा आउन थाल्याे
कात्तिक - २ । पाक्नु अगावै हरियो जुनार बजारमा आउन थालेको छ । सामान्यतया पुस माघमा जुनार बजारमा आउँछ । तर चाडपर्व मान्न खर्च अभाव हुँदा किसानले धमाधम हरियोे जुनार बिक्री गर्न थालेका छन् । ‘जुनार बेच्यो भने चाडपर्वका लागि खर्च जुट्छ, नभए ऋण गर्नुपर्छ,’ जलकन्या गाविस– १ निगालेका गोरखबहादुर श्रेष्ठले भने । अहिले हरियो जुनार प्रतिकिलो रू. ५० देखि रू. ६० मा बिक्री भइरहेको छ । श्रेष्ठले दैनिक २ सय किलो जुनार र १ सय किलो सुन्तला बिक्री गर्दैआएको छ । उनले सुन्तला प्रतिकिलो रू. ४० मा बिक्री गरिरहेका छन् । ‘वार्षिक रू. दुई लाख बचत हुन्छ,’ श्रेष्ठले भने ।
श्रेष्ठमात्र नभएर जिल्लाका धेरै किसानले चाडपर्वकोे खर्च जुटाउन हरियो जुनार बिक्री वितरण गर्ने गरेका छन् । तराईका व्यापारी अहिले जुनारका लागि गाउँगाउँमा पुग्ने गरेका छन् । चाडपर्वको खर्च जुटाउने नाममा हरियो जुनार बजारमा नल्याउन जिल्ला जुनार विकास सङ्घका अध्यक्ष तिलकबहादुर थापाले किसानलाई आग्रह गरिएको बताए ।
hariyo
junar