News

२० वर्षदेखि फरार अभियुक्त पक्राउ

२० वर्षदेखि फरार अभियुक्त पक्राउ
कात्तिक - २ । २० वर्षदेखि फरार रहेका लागु औषध मुद्दाका दोषीलाई प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआइवीले पक्राउ गरेको छ । पुनरावेदन अदालतले २०५९ साल भदौमा १५ वर्ष जेल र पाँच लाख रुपैयाँ जरिवाना सुनाएका लागु औषधका दोषी नारायणबहादुर थापालाई सिआइवीले सोमबार पक्राउ गरेको हो । hatkadi काठमाडौं मनमैजु–८ स्थायी घर भएका थापालाई नुवाकोटको भद्रपुर–१ बाट प्रकाउ गरिएको सिआइवीले जनाएको छ । उनलाई कैद भुक्तानका लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ । लागु औषध कारोबारी रत्न शाक्यले भारतबाट ल्याएको खैरौ हिरोइन ज्ञानेश्वरमा रहेको एभरेष्ट ट्रेकिङ्गबाट २०५३ साल पुसमा प्रहरीले बरामद गरेको थियो । एभरेष्ट ट्रेकिङ्गमा लागु औषध राखे बापत पैसा पाउने भएकाले ट्रेकिङ्कका स्टोरकिपर थापाले लागु औषध राख्न अनुमति दिएका थिए । लागु औषध राख्न अनुमति दिएकाले दोषी ठहर गर्दै अदालतले उनलाई १५ वर्ष कैदको फैसला सुनाएको थियो ।

Lagu Ausad Pakrau

विशेष