News

चार दिनको कार्यक्रमका लागि १० दिनको बिदा लिएर गएका अख्तियार प्रमुख एक हप्तादेखि दुबईमा

चार दिनको कार्यक्रमका लागि १० दिनको बिदा लिएर गएका अख्तियार प्रमुख एक हप्तादेखि दुबईमा
कात्तिक – २ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की दुबईमा रहेको खुल्न आएको छ । चार दिनको कार्यक्रमका लागि १० दिनको बिदा लिएर घटस्थापना अघि क्यानडा गएका कार्की हालसम्म देश बाहिर नै रहेका छन् । lokman आजै मात्र युएईको प्रसिद्ध व्यापारिक सेन्टर मानिने दुबई मलमा उनी घुमफिरमा रहेको अबस्थामा भेटिएको दुबई मलमा कार्यरत नेपालीहरुले बताएका छन् । कार्की एक सातादेखि दुबईको शेख जायद रोडस्थित बिनथानी होटलमा रहेको कान्तिपुरले उल्लेख गरेको छ । पटक पटक गरेर कार्कीले कात्तिक १० गतेसम्म विदा मागेको र राष्ट्रपति कार्यालयले विदा उनको स्वीकृत समेत गरिसकेको छ । उनको दुबई भ्रमणबारे नेपाली राजदूतावास युएईका द्वित्तिय सचिब कृष्ण अर्यालले पुष्टी गरेका छन् । ‘उहाँ एक हप्ता अघी क्यानडा बाट युएई आउनु भएको हो, तर जानु भए नभएको बारेमा खबर छैन ।’ अर्यालले रातोपार्टीसँगको कुराकानीमा भने । दसैंअघि नै म्याद तामेल गर्न खोजे पनि पटक–पटकको अवरोध खेपेको सर्वोच्चको टोलीले काठमाडौं महानगरपालिका वडा नं १० का सचिव सरिता राईको रोहबरमा मंगलबार दिउँसो कार्कीको घरमा म्याद तामेल गरेको छ । अख्तियार प्रमुखमा उनको नियुक्ति अवैधानिक रहेको भन्दै मुद्दा सर्वोच्चमा मुद्दा परेकामा उनले पत्र बुझ्न आनाकानी गर्दै आएकोमा आज लामो कसरतपछि सर्बोच्चले म्याद तामेली गरेको हो । अब भने मुद्दा पेशीमा चढ्ने छ ।

Lokman Sing Karki UAE

विशेष